ट्रेन्डीङ्ग

छत्रकोटको नीती तथा कार्यक्रम:न्यूनतम बिजुली निःशुल्क,जनता उत्साहित

गुल्मी।छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९ /०८० को नीती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक वर्षदेखि न्यूनतम २० युनिटसम्मको विद्युत् महशुल छत्रकोट गाउँपालिकाभर नि शुल्क गरिने नीति लिएको छ।

आज मंगलबार प्रस्तुत नीती तथा कार्यक्रमले विपन्न तथा अवसरबाट वन्चित समुदायको आधारभूत सेवासुविधालाई अधिकतम समेट्ने प्रयास गरेको छ।गर्भवती, सुत्केरी तथा जेष्ठ नागरिकको स्वास्थ्य र पोषणलाई सुदृढ गर्न “गर्भवतीमा अण्डा खान्छन् सुत्केरीमा भाले, छत्रकोटमा हर्लिक्स खान्छन् हाम्रा आमाबाले “ भन्ने नारासहितको अभियान संचालन गरिने भएको छ ।जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम संचालन गरी जेष्ठ नागरिकका दैनिक समस्या, गुनासो सम्बोधन गर्ने, स्वास्थ्य पोषण लगायतका सुविधामा विशेष ध्यान दिनेगरी कार्यक्रम तय गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।सामाजिक विकास, पूर्वाधार निर्माण र जनजीविकाका आधारभूत पक्षलाई उच्च प्राथमिकतामा राखिएको नीती तथा कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि भौतिक विकास तथा जनशक्ति सबलीकरणमा जोड दिईएको छ।शिक्षातर्फ केही रचनात्मक र कार्यसम्पादनमा आधारित शिक्षक मूल्यांकन पद्धतिलाई स्थापित गर्ने रणनीती लिइएको छ । कामका आधारमा मूल्यांकन गरी प्रोत्साहन तथा दण्डको नीती अवलम्बन गरिएको छ ।शिक्षक कर्मचारीको अनावश्यक तथा अवान्छित राजनैतिक सक्रियतामा नियन्त्रण गरिने नीती तथा कार्यक्रममा उल्लेख छ । दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ ।

 

कृषि बीमा कार्यक्रम निशुल्क रुपमा संचालन गर्ने तथा किसान सूचिकरण कार्यक्रमलाई निरन्तरता प्रदान गरिने छ भने, नयाँ बाख्रा पकेट कार्यक्रम संचालन गरिने गाउँपालिकाको नीती रहेको छ ।खज्र्याङ्को खानेपानी समस्या समाधान गर्ने योजना पनि आगामी आ वमै शुरु गर्ने पनि छत्रकोट सरकारको योजनामा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal