ट्रेन्डीङ्ग

१० दिनै बढ्यो सार्वजनिक यातायात भाडादर

काठमाडौ।सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ।यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनःभाडा वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ६.४९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ७.७० प्रतिशतले भाडा बढाइएको छ।

नेपाल आयल निगमले असार ५ गते आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारी साधनको भाडा पनि सोमबारदेखि लागु हुने गरी वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको भाउ लिटरको १९९ रुपैयाँ र डिजलको १९२ रुपैयाँ पुगेको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।सोही अनुसार बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ।

स्थानीय रुटमा सञ्चालन हुने सवारी साधानको भाडादर भने प्रदेश सरकारले निर्णय गर्ने गरेको छ। सार्वजनिक सवारी साधनको भाडा दर हेर्र्नका लागी यहा क्लिकं गर्नुस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?