ट्रेन्डीङ्ग

नेकपा गुल्मीको बैठक,जिल्ला सम्मेलन र महाधिवेशन केन्द्रीत हुने निर्णय

तम्घास।नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले धर्मेन्द्र समूहमा देखापरेको वामपन्थी खोलभित्रको राजनीतिक अवसरवाद,सांगठनिक अराजकतावाद,विसर्जनवाद र पलायनवाद विरुद्ध निर्मम संघर्ष गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रशिक्षण मन्तव्य राख्दै नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अपेक्षाले दलाल पुँजीवाद नेपाली श्रमिक जनताको प्रधान दुश्मन भएको भन्दै पार्टी र क्रान्तिविरुद्ध अनर्गल प्रचार गरिरहेको धर्मेन्द्र समूहको अराजकताविरुद्ध जनताले प्रतिवाद गर्ने बताउनुभयो।उहाँले जिल्लामा स्थानीयदेखि जिल्लासम्म पार्टी राजनीतिक वैचारिक एवं सांगठनिक रुपले शसक्त बन्दै गएको भन्दै स्थानीय जाली फटाहा,भ्रष्टाचारी,तस्करी,कालोबजारिया र लघुवित्तिय संस्थाहरुको ज्यादतीविरुद्ध निर्मम संघर्ष गर्ने बताउनुभयो।

बैठकले जिल्ला सम्मेलनलाई उत्सवको रुपमा मनाउने भन्दै सेल, वडा,गाउँ,नगर सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा सम्मेलन र महाधिवेशन केन्द्रीत कार्यक्रमहरु गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने जिल्ला सेक्रेटरी सुमनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?