ट्रेन्डीङ्ग

नवलपरासीमा विपद रोकथाम प्रयोगात्मक अभ्यास

परासी।पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्यूनिकरणका लागि विपद् जोखिम पूर्व तयारीको अभ्यास गरिएको छ।बाढी तथा विपद् जोखिमको प्रभावित क्षेत्र पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारीस्वरुप प्रयोगात्मक अभ्यास गरिएको हो।

नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा भएको अभ्यासमा तीनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्धार गरी जनधनको क्षतिबाट बचाउने भन्ने अभ्यास प्रस्तुत गरेका थिए । घरायसी प्रयोगका सामग्रीमार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे पनि सेनाको अभ्यास टोलीले स्थानीयहरुलाई जानकारी गराएको थियो ।बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्लामध्ये १७ औं स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठूलो जनधनको क्षति हुँदै आएकाले स्थानीयलाई सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए । स्थानीय तहलाई विपद्को समयमा हुने जोखिम न्युनिकरणका लागि सुरक्षा निकायसँग आपसी समन्वय बढाई जनचेतना कार्यक्रम सञ्चालन गर्न पनि प्रतिकार्य अभ्यासमार्फत आग्रह गरिएको छ ।

अभ्यासबाट सुरक्षा निकायलाई राहत र उद्धारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने थप निखार आउने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विश्वास व्यक्त गरे । बाढी आएको समयमा गरिने उद्धारका लागि प्रयोगात्मक अभ्यास गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?