ट्रेन्डीङ्ग

दुधराक्ष क्लबद्वारा कपास उद्योगलाई आर्थिक सहयोग

सैनामैना।रुपन्देहीको सैनामैना-६,कलौनीमा रहेको दुधराक्ष युवा क्लब आपतबिपत् परेको बेला उद्धार र राहतमा जुट्दै अघि बढेकाे छ।क्लबले एक कार्यक्रमको बिच राहत स्वरुप आर्थिक सहयोग गरेको छ।

शुक्रबार सैनामैना वडा न.७मा रहेको शिव भवानी कपास उधोगमा आगोलागी हुँदा ८६ लाख भन्दा बढी क्षेति भएको भन्दै दुधराक्ष युवा क्लबले राहत स्वरुप आर्थिक सहयोग गरेको हो । क्लबका अध्यक्ष किरण पोख्रेल,निबर्तमान अध्यक्ष बिष्णु पाण्डेले कपास उधोगका सञ्चालक जगन्नाथ भण्डारीलाई रु १० हजार हस्तान्तरण गरेका हुन्।सो अवसर पारेर क्लबका टिमले कपास उधोगमा सरसफाई समेत गरेका थिए।

सो कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष किरण पोख्रेलले क्लबले राहत स्वरुप आर्थिक सहयोग गरेको बताउँदै आपत परेको बेला सामाजिक सस्थाले सहयोग गर्नु पर्नेमा जोड दिएका छ्न।लामो समय देखि रोजगार प्रदान गर्दै आएको सेवा प्रदायक उधोगमा बिपत आईपरेको प्रति दुख ब्यक्त गर्दै अध्यक्ष पोख्रेलले आगामी दिनमा समेत क्लब सामाजिक काममा सधै कटिबद्व रहने जिकिर गरे।

त्यस्तै,कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष बिष्णु पाण्डेले ब्यक्तिगत रुपमा कपास उधोगलाई रु.५ हजार सहयोग गर्दै विभिन्न सामाजिक सस्था बिपतको बेला उद्धार र राहतमा जुट्न आग्रह गरे ।राहत कार्यक्रमको सन्चालन भने क्लबका सचिब पदम पाण्डेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal