ट्रेन्डीङ्ग

सरावलका नवनिर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सरावल गाउँपालिकाकाे आयाेजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

बैशाख ३० गते सम्पन्न भएको २०७९ सालकाे स्थानीय निर्वाचनमा नवनिर्वाचित भएका सरावल गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य र पालिका भित्र विभिन्न वडामा कार्यरत रहेका सचिव तथा कर्मचारीहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको हाे।

दुइदिने अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाकाे काम,कर्तव्य , अधिकार,न्यायिक समिति र प्रहरीकाे कर्तव्य र भुमिका,नागरिकता तथा अन्य सिफारिस बनाउदा ध्यान दिनुपर्ने कुरा,स्थानीय सरकार सञ्चालन ऐन तथा स्थानीय विकास र व्यवहारिक समस्या समाधानका विषयमा तालिम दिइएको हाे।

रुपन्देहीको याेगिकुटिमा रहेको hotel de flamningoमा सम्पन्न भएको तालिममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेख्रेल,जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपि ऋषिराम कण्डेल तथा अधिवक्ता मित्रलाल लामिछानेले लगाएतले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियोे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?