ट्रेन्डीङ्ग

सरकारले पेट्रोलियम कर घटाउने तयारी

काठमाडौ।सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए ।

यद्यपि कति प्रतिशतले घटाउने भन्ने कुरा भने यकीन भइसकेको छैन।हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ।जसका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि हुँदा नेपालमा समेत यसको मूल्यवृद्धि चुलिएको छ।

अहिले सरकार पेट्रोलियम पदार्थ आयातमा भन्सार शुल्क,सडक मर्मतसम्भार शुल्क,प्रदूषण शुल्क,मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क लगायत जोडेर चर्को कर लिइरहेको भन्दै यसको आलोचना समेत हुँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal