
परासी।पश्चिम नवलपरासीमा नागरिक निगरानी संस्था गठन भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको निर्देशन र जिल्ला प्रशासन कार्यालय परासीको समन्वयमा नागरिक निगरानी संस्था गठन भएको हो ।
जिल्ला स्थित नेपाल पत्रकार महासंघ,नेपाल वार एसोसियशन,नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नागरिक समाज उपभोत्ता हित संरक्षण मञ्च लगाएत प्रभुत्व व्यक्तिहरु समेतको भेलाबाट ९ सदस्यीय नागरिक निगरानी संस्था गठन भएको छ ।
संस्थाको अध्यक्षमा नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर,उपाध्यक्षमा अधिवक्ता बाबुराम खड्का,सचिवमा पत्रकार रमेश भुसाल,सहसचिवमा विना चौधरी र कोषाध्यक्षमा ओमप्रकाश अग्रहरी चयन हुनुभएको छ।सदस्यहरूमा नारायण पराजुली,रामजी ज्ञवाली, शम्भु उपाध्याय,पुष्पा लामा रहनुभएको छ ।
संस्थाले भ्रष्टचार नियन्त्रण,सुशासन प्रवद्र्धनमा नागरिकको अपनत्व वढाउन र भ्रष्टचारविरुद्ध अभियानलाई प्रभावकारी वनाउन विशेष भुमिका निर्वाह गर्ने छ।
त्यस्तै समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग पुग्नेगरी गतिविधि गर्ने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो।
संस्थाले सार्वजनिक विकास निर्माण कार्य वा सेवा प्रवाहमा भ्रष्टाचार भए नभएको विषयमा भ्रष्टाचार सम्भाव्य क्षेत्रहरु र उक्त क्षेत्रमा भ्रष्टाचार नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरुको बारेमा सार्वजनिक बहस चलाउने,आयोगलाई रचनात्मक सुझाव,सूचना र जानकारी उपलब्ध गराउने लगाएतका कार्यहरु गर्ने प्रजिअ पोखरेलले बताउनुभयो।
भ्रष्टचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अख्तियारको निर्देशनमा विभिन्न जिल्लामा नागरिक निगरानी संस्थाको गठन भएकोे छ ।