ट्रेन्डीङ्ग

छात्रालाई दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौ।छात्रामाथि यौनदुर्व्यहार गर्ने चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको छ ।

कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक अधिकारीमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन्।शिक्षकले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुको कलेज परिसरमा प्रदर्शनपछि महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन्।त्यसपछि प्रहरीले अभिभावक र शिक्षकलाई छलफलका लागि प्रहरी वृत्त गौशालामा बोलाएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal