ट्रेन्डीङ्ग

बर्दघाटमा बस दुर्घटना,३१ जना घाईते

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

घाइतेमध्ये केहिको अवस्था मध्यम र अधिकांश समान्य अवस्थामा छन।दुर्घटनामा घाइतेहरुको चिसापानी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल पठाईएको छ।

गोर्खाबाट लुम्बिनी गइ गोर्खा फर्किने क्रम ग १ ख ५८९२ नम्बरको रिजर्भ बस पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको खुर्सानी खोलामा दुर्घटना भएको हो।बसमा ३५ जना यात्रु रहेका थिए। बस दुर्घटनाको कारण भने खुलेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal