
परासी।स्थानीय निर्वाचनको मनोनय समय सकिएको छ।नवलपरासीका सातै पालिकामा ठुलो भनिएका दल सहित स्वतन्त्र उम्मेद्बारहरुले उम्मेद्बारी दर्ता गराएका छन।
पश्चिम नवलपरासी ३ नगरपालिका र ४ गाउपालिका गरि ७ स्थानीय तह रहेका छन।जसमध्ये केहि पालिकामा गठबन्धन गरेका छन भने कतै एक्लाएक्लै मनोनय दर्ता गराएका छ।
जिल्लामा ठुला भनिएका दलका केहि उम्मेदवार यस अगाडी नै प्रमुख/उपप्रमुखमा जितेका छन् भने केहि नया अनुहार र युवा पनि छन।
७ वटै पालिकामा ठुला दलका प्रमुख उपप्रमखुका उम्मदेवार
रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा नरेन्द्र कुमार गुप्तालाइ नै दोहिराएको छन भने उपप्रमुखमा आराधना भट्टले उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा धनपत यादव,उपप्रमुखमा लक्ष्मी क्षेत्री,जसपा माओबादी गठबन्धनको तर्फबाट प्रमुखमा गोविन्द चौधरी,उपप्रमुखमा शैलेन्द्र सहानी,लोसपाबाट प्रमुखमा हरिनारायण चौधरी,उपप्रमुखमा सोभा चौधरी,राप्रपाबाट प्रमुखमा रामभवन यादव,उपप्रमुखमा सम्झना चौधरीले उम्मदेवारी दर्ता गराएका हुन् ।
यता सुनवल नगरपालिकामा नेपाली कांग्रेस-माओबादी केन्द्रको गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसको तर्फबाट अर्जुन कुमार पोख्रेल,उपप्रमुखमा माओबादीको तर्फबाट लेखनाथ खरेलले उम्मेदवारी दर्ता गराए ।त्यस्तै एमालेबाट गत निर्वाचनमा झिनो मतले पराजय भएकी बिमला अर्याललाइ प्रमुखमा र उप प्रमुखमा सुर्य दुबे,लोसपाबाट प्रमुखमा युवा हरिनारायण कँवर,उप प्रमुखमा कलावती कवँरले उम्मदेवारी दिएको पार्टीका श्रोतहरुले जानकारी दिए।
बर्दघाट नगरपालिकामा कांग्रेस माओबादी गठबन्धनले प्रमुखमा कांग्रेसको तर्फबाट सम्भु श्रेष्ठ,उपप्रमुखमा माओबादीको तर्फबाट गत निर्वाचनमा प्रमुख पदमा पराजित रुद्र प्रकाश उपाध्यायलाई उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ।एमालेको तर्फबाट प्रमुखमा धिरज शर्मा बस्याल दोहोराएको छ भने जनमुक्ति पार्टी संग गठबन्धन गरेकोले जनमुक्तिकि तारा रानालाई उपप्रमुखमा उम्मदेवारी दर्ता गराएको छ
पाल्हीनन्दन गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा राजेन्द्र सहानी उपाध्यक्षमा सकिना फतिमा खातुन,माओबादीको तर्फबाट अध्यक्ष बैजु प्रसाद गुप्ता दोहोराएको छ भने कांग्रेस परित्याग गरि माओवादी प्रवेश गरेकी गत स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्षमा पावित्रीदेवी कोहारलाई दोहोराएर उम्मेदवारी दर्ता गराएकी छन।त्यस्तै जसपाबाट अध्यक्षमा धरेन्द्र यादव,उपाध्यक्षमा मन्जु चौधरीको मनोनयन दर्ता गरेको छ।लोसपाबाट अध्यक्षमा मुकुरजी गिरी,उपाध्यक्षमा जलेखा खातुन र एमालेबाट अध्यक्षमा आफताब आलम अंसारी,उपाध्यक्षमा रिङ्गला यादवले उम्मदेवारी दर्ता गराए।पालिकामा राप्रपाबाट रघुनन्दनको पनि उम्मेदवारी दर्ता भयो।
सरावल गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा अनिल कुमार गौड,उपाध्यक्षमा उत्तमा राय,एमालेबाट अध्यक्षमा सुखाडी चौधरी, उपाध्यक्षमा बासमति हरिजन,जसपाबाट अध्यक्षमा निर्मल यादव, उपाध्यक्षमा सुनिता हरिजन,लोसपाबाट अध्यक्षमा ईन्द्रकमल यादव, उपाध्यक्षमा श्यामकुमारी चौधरी,माओबादीबाट अध्यक्षमा सुभाअलि अंसारी उपाध्यक्षमा जानकी चौधरीको उम्मेदवारी दर्ता भयो।
सरावलमा अध्यक्ष पदका लागि स्वतन्त्रबाट राधेश्याम चौधरी, पन्चराम चौधरीको पनि उम्मदेवारी भएको छ भने उपाध्यक्षमा स्वतन्त्रबाट प्रदिप अग्रहरीको वडा अध्यक्षमा उम्मदेवारी भएको छ।राधेश्याम चौधरी गत स्थानीय निर्वाचन निर्वाचित गाउँपालिका अध्यक्ष रहेका व्यक्ति हुन अहिले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र लडेका छन् ।
प्रतापपुर गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसबाट उमेशचन्द्र यादव,उपाध्यक्षमा मानकुमारी चौधरी,जनता प्रगतिशिल पार्टीबाट अध्यक्षमा करम हुसैन,गत स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्षमा अन्जु कुमारी चौधरी मनोनयन गराएको छ।अन्जु कांग्रेस परित्याग गरि जनता प्रगतिशील पार्टीबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।त्यसैगरी एमालेबाट अध्यक्षमा खेमनारायण चौधरी,उपाध्यक्षमा थमसरा न्यौपाने,माओबादीबाट अध्यक्षमा धिरज त्रिपाठी,उपाध्यक्षमा टिकादेवी शर्मा,जसपाबाट अध्यक्षमा राजेश चौधरी उपाध्यक्षमा मनिसा कुमारी गुप्ताको उम्मेदवारी परेको छ।
सुस्ता गाउँपालिकामा अध्यक्ष पदका लागि कांग्रेसबाट टेकनारायण उपाध्याय उपाध्यक्षमा गिता चौधरी,एमालेबाट अध्यक्षमा रामप्रसाद पाण्डे उपाध्यक्षमा ईन्द्र कुमारी थरुनी,जसपाबाट अध्यक्षमा लख्खु यादव उपाध्यक्षमा निर्मला चौधरी,माओबादीबाट अध्यक्षमा धर्मेन्द्र पन्जियार,उपाध्यक्षमा सुस्मा बनियाको उम्मदेवारी परेको पार्टीका श्रोतहरुले जनाएका छन।
७ वटै पालिकामा विभिन्न साना दल र स्वतन्त्रबाट पनि पालिका प्रमुख वडा अध्यक्ष लगायतका पदबाट उम्मेदवारी परेको छ।जसपाको तर्फबाट सुनवल नगरपालिका,बर्दघाट नगरपालिमा र लोसपाबाट बर्दघाट नगरपालिका,प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिमा कुनै पनि उम्मेदवार उठेका छैनन्।जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ११ सय ४७ जनाले उमेद्वारी दर्ता गराएका छन्।