
परासी,१ बैशाख ।नवलपरासीको सदरमुकाम परासीमा सुविधा सम्पन्न होटल संचालनमा आएको छ। तीनतारे गुणस्तरको होटल संचालन गर्ने लक्ष्यसहित परासीमा करिब रु २० करोड लगानीमा सिद्धार्थ पार्क रिजेन्सी संचालनमा ल्याइएको हो।
विभिन्न क्षेत्रमा समेत व्यवसायी गर्दै आएका दुई युवाले आज नयाँ बर्षको दिन देखि संचालनमा ल्याएको मनोज कुमार गिरि र रौनक अग्रवालले पत्रकार सम्मेलन गर्दै होटल संचालनमा ल्याएको जानकारी दिएका हुन् ।गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप सहित बुद्धको जन्मभुमि लुम्बिनी,त्रीवेणि र रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्टकिय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटल नरहेकाले उक्त आवश्यकता मध्यनजर गर्दै होटल संचालनमा ल्याइएको संचालक मनोज कुमार गिरीले जानकारी दिए।
रामग्राम नपा-३ परासी सुनवल रोडमा २० करोड लागतमा छ कठ्ठा जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलमा सुपर डिलक्स,डिलक्स गरि २४ वटा एसी रुमहरु छन् भने,२ वटा हल,मल्टी कुजिन फाईन डाईन रेष्टुरेन्ट,लाउन्ज बार,कफी शप,रुफटफ गार्डेन रेष्टुरेन्ट समेतको व्यवस्था रहेको संचालक गिरीले बताउनुभयो।
आन्तरिक बाह्र पर्यटनलाई लक्षित गर्दै संचालन ल्याएकोले सेवा,सुविधा सस्तो सुलभ शुल्कमा प्रदान गरिने थप सुविधाका लागि स्वीमिङ्ग पुल,बैन्क्वेट हल,निर्माण कार्य भैइरहेको भन्दै होटेलमा नेपाली,चाइनिज,इण्डियन,थाइ लगायत एशियन फुड्स लगायतका सेवा सुविधाका साथै विभिन्न टुरिजम प्याकेज मार्फत पर्यटक आकर्षित गर्ने योजना रहेको अर्का संचालक रौनक अग्रवालले बताउनु भयो।
जिल्लाकै सदरमुकाम परासी बजारमा एक सुविधायुक्त व्यवस्थित होटल नहुँदा यहाँ आउने पाहुना र विभिन्न सभा तथा कार्यक्रमहरु सुनवल,बर्दघाट,भुमहीका होटलबाट सेवा लिने गरिएको थियो तर आजदेखि संचालनमा आएको यस होटलले उक्त बाध्यता र समस्या सामाधान गर्ने संचालकले विश्वास लिएका छन्।पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,युवानेता उद्योग बाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले यो होटेल परासीको आवश्यकता रहेको भन्दै यसको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।