
चैत १९,पुरन अधिकारी,सुनवल। नेपाली कांग्रेस सुनवल वडा ४ को कार्यलय समुद्धाटन गरिएको छ।
स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔ काङ्ग्रेस जिताऔ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा,नेपाली काङ्ग्रेस सुनवल वडा नं ४ कार्य समितिले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा कार्यसमितिको कार्यलयको शुभारम्भ गरिएको पार्टीका वडा उपसभापति राम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
वडा सभापति बालकृष्ण पौडेलको अध्यक्षता र निवर्तमान सुनवल नगर प्रमुख भिम बहादुर थापा प्रमुख अतिथि र वडा नं १२ का वडा अध्यक्ष एवं जिल्ला कार्य समिति सदस्य यमलाल पाण्डे विशिष्ट अतिथि रहनुभएको सो वडा कार्यसमितिको कार्यलयको शुभारम्भ कार्यक्रममा नेपाली काङ्ग्रेसका यज्ञ प्रसाद पाण्डे,कृष्ण प्रसाद लामिछाने,नेत्र प्रसाद भट्टराई ,आनन्द चापागाईं,कुन्ता तिवारी ,धर्म चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
सुनवल ४ लक्ष्मीपथमा शुभारम्भ गरिएको वडा समितिको कार्यलय परिसरमा वडा समितिका पदाधिकारी,सक्रिय कार्यकर्ता र काङ्ग्रेसमा आस्था राख्ने वडाका महानुभावहरुको उपस्थिति रहेको थियोे।
सो कार्यक्रममा बोल्ने वक्ताले विपक्ष पार्टीहरुले जस्तो अरु पार्टीहरुको खेदो खन्नुभन्दा काङ्ग्रेसले र हालको गठबन्धन सरकारले गरेको राम्रो कामलाई जनता माझ पुर्याउनु पर्ने बताउदै यस क्षेत्रमा काङ्ग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको र यदि केन्द्रबाटै गठबन्धन मिलेर जाने उर्दी आएमा यसलाई पनि नकार्न नसकिने बताएका थिए।