ट्रेन्डीङ्ग

देवकोटामा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालन हुने

चैत्र १७,सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयमा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालय हुने भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्विनी प्रदेशको सहयोगमा १८ बर्ष पुरा भइ ४० बर्ष ननाघेकाहरुको लागी तालिम दिईने महाकवि देवकोटा प्राविधिक शिक्षालयले जनाएको छ।

नि:शुल्क रुपमा प्रदान गरिने तालिमका लागी आवेदन फारम देवकोटा शिक्षालयमै पाइने र यहि चैत्र १५ देखि चैत्र २५ गते सम्मका लागी आवेदन फारम खुल्ला भएको महाकवि देवकोटा शिक्षालयका कार्यक्रम संयोजक ई.अमृत मिश्रले जानकारी दिनुभयो।

जसका लागी २ प्रति पासपोर्ट साइजको फोटो,१ प्रति नेपाली नगरिकताको प्रतिलिपि र साक्षर लेखा पढि भए पुग्ने महाकवि देवकोटा मा.विका प्रअ खेमलाल जोसि शर्माले जनाकारी दिनुभयो।

सिप सिकेर आत्मनिर्भर वन्नका लागी महाकवि देवकोटा शिक्षालयमा संचालन हुने लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रमले सहयोग पुर्‍याउने महाकवि देवकोटा मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको भनाई छ।

सिपमुलक लाईट भेहिकल सर्भिस मेकानिक तालिममा सहभागिहरुलाई अन्तरवार्ता मार्फत छनौट गरिने र अन्तर्वार्ता यहि चैत्र २७ गते हुने शिक्षालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal