ट्रेन्डीङ्ग

२३२ मेट्रिक टन रासायनिक मल भित्रीयो

चैत ११, काठमाडौ । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले दिएको जानकारी अनुसार सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।  बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो पटक एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?