
चैत्र ३ सुनवल।नेपाल विद्युत प्राधिकरणको पश्चिम नवलपरासीको सुनवल १३ बडेरा स्थित न्यु बुटवल सबस्टेशनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालले उद्घाटन गर्नुभएको छ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एबं एशिलयाली विकास वैंकको ऋण सहयोगमा निर्माण भएको न्यु बुटवल वर्दघाट २२० प्रशारण लाइन तथा सवस्टेशन आयोजनाद्धारा निर्माण भएको २२०/१३२ के.भी न्यु बुटवल सवस्टेशनको उदघाटन गर्दै मन्त्रि भुसालले विद्युत व्यापारलाई महत्वपुणर् एजेण्डा बनाएको बताउनुभयो।
नेपालबाट विदेश निर्यात हुने भनेकै विद्युत भएकाले वढि भएको विद्युत भारत निर्यात गर्नका लागी संवाद र पहल भैरहेको भन्दै विद्युत व्यापार नेपालको आर्थिक विकासको लागी महत्त्वपूर्ण आधार भएको बताउनुभयो ।
यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २२०/१३२ के.भी न्यु बुटवल सवस्टेशन निर्माणमा स्थानियहरुको महत्वपुणर् साथ र सहयोग पाएको भन्दै खुसी व्यक्त गर्नु भयो। साथै स्थानियको २२०/१३२ के.भी न्यु बुटवल सवस्टेशन बाटै विद्युत सप्लाईको माग जाहेज भएको भन्दै स्थानिय र यस क्षेत्रका उद्योगलाई मध्यनजर गर्दै ३१/११ के.भि को सवस्टेशन बनाउदै गरेको र सम्पन्न हुन साथ गुणस्तरिय विद्युत सप्लाई गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सन् २०१७ नोभेम्वर बाट निर्माण सुरु भएको यस न्यु बुटवल सबस्टेशन सन् २०२१ नेभेम्वर २३ मा सम्पन्न भएको हो । यस सवस्टेशनको सम्झौता राकम करिव १अर्व ८ करोड रहेको थियो भने सम्पन्न रकम करिव १ अर्व ५ करोड रहेको नेपाल विद्युत प्राधिकारणले जनाएको छ। यस सव स्टेशनलाई एक हब सबस्टेशनको रुपमा विकास गर्ने योजना अनुरुप सम्पन्न १३२ र २२० के.भी सममको संरचनाले पर्वत कुश्माको सवस्टेशन,चितवनको भरतपुर सवस्टेशन,रुपन्देहिको वुटवल सवस्टेशन साथै पश्चिम नवलपरासीको वर्दघाट सवस्टेशन संग कनेक्टीभिटि प्रदान गर्ने छ ।
कालिगण्डकी नदी र त्यस आसपासका नदीहरुबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पाद हुने विद्युतलाई कुश्मा सवस्टेशन मार्फत यस सवस्टेशन सम्म ल्याई अन्य जडित सवस्टेशनहरुमा समेत सप्लाई हुनेछ । त्यस्तै यस सवस्टेशन संगै वन्ने ४०० के.भिको संरचनाले अन्तरदेशीय प्रशारणलाई मार्फत नेपालको विद्युत भारत तर्फ निर्यात गर्ने बाटो खुल्ने छ भने देशका अन्य भुभागहरुमा ४०० के.भिको प्रसारण लाईन मार्फत विद्युत प्रशारण गर्ने लक्ष्य राखेको छ।