
प्रदिप ज्ञवाली,फागुन ३०,सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा चाैथो प्रोजेक्ट मिट सम्पन्न भएको छ । क्याम्पसमा बिएड तेस्रो बर्षका स्वास्थ्य तथा शारिरीक शिक्षा संकायमा अध्ययनरत बिद्यार्थीहरुले पाठ्यक्रमले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका निम्ति सो कार्यक्रम गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्याम्पस प्रमुख यदुलाल पन्तले स्वास्थ्य तथा शारिरिक शिक्षामा रहेका यस्ता कृयाकलाप व्यवहारिक रुपमा गर्दा बिद्यार्थीलाई व्यक्तित्व बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रमुख पन्थले बिद्यार्थीहरुले सधै सृजनशिल काम गर्दै जानुपर्ने भन्दै त्यस्ता काममा क्याम्पसले हरदम सहयोग गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम क्याम्पसका स्वास्थ्य तथा शारीरिक शिक्षा संकाय विभागिय प्रमुख धर्मराज पन्तले बिद्यार्थीले पाठबाट सिकेका कुरा यस क्षेत्रमा रहेमा माध्यमिक विद्यालयमा गई बिद्यार्थीहरु लाई सहभागी बनाइ कार्यक्रम गर्दा विद्यार्थीहरुमा व्यवहारिकता बढने बताउनुभयो ।
विद्यार्थीहरुलाइ छात्रा दाैड , एथलेटिक्स र सटफुट खेलमा समावेश गराइएको थियो ।
कार्यक्रममा रामापुर नमुना माध्यमिक बिद्यालय , पर्रोहा माध्यमिक बिद्यालय , सैनामैना पर्रोहा पर्मेश्वर माध्यमिक विद्यालयबाट छनोट भएका करिब पचास जना बिद्यार्थी सहभागी भएका थिए ।
ती विद्यालयबाट छनोट भएका बिद्यार्थीहरुलाइ आज क्याम्पसमा प्रतिस्पर्धा गराइएको थियो । सो प्रतिस्पर्धाबाट प्रथम , द्वित्तिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाइ शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रम प्रोजेक्ट मिट समिति अध्यक्ष मालती थारुको अध्यक्षता , क्याम्पस प्रमुख यदुलाल पन्तको प्रमुख आतिथ्यता , स्वास्थ्य तथा शारीरिक शिक्षा संकायका विभागिय प्रमुख धर्मराज पन्त र बुटवल बहुमुखी क्याम्पका प्राध्यापक मुकुन्द पोखरेलको विशिष्ट आतिथ्यता, क्याम्पसका अन्य प्राध्यापक एवम विभिन्न विद्यालयका शिक्षकहरुको आतिथ्यतामा रहेको थियो । कार्यक्रम उपाध्यक्ष ललिता रानाको स्वागत एवम सचिव समुन्द्र पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।