ट्रेन्डीङ्ग

हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्छौ:अध्यक्ष लिङ्देल

फागुन २९,परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने अध्यक्ष राजेन्द्र लिङ्देलले घोषणा गरेको छ्न।

आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र सो घोषणा गरेका हुन् ।

लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने,‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भाग लिँदैनौं ।’

राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन ।

आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal