ट्रेन्डीङ्ग

बर्दघाट चिसापानी अस्पतालका डाक्टर मृत अवस्था फेला

फागुन २९ परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ अवस्थित चिसापानी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.दिपेन्द्र प्रताप सिंह मृत फेला परेका छन ।

कार्यलयमा कार्यरत रहेकै अबस्थामा आफ्नै कोठामा सुतेका डाक्टर दिउसो सम्म नउठेपछि दिउसो करिब २ बजेको समयमा मृत अवस्थामा भेटिएका थिए।डाक्टर रामग्राम नगरपालिका वडा -३ परासी निवासी हुन।

डा.दिपेन्द्र प्रताप सिंहको मृत्यु भए पछि बर्दघाट नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यलयहरु भोलि एक दिनका लागि बन्द हुने नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal