परासी।यतिबेला भर्खर बजारमा आएको प्रकाश सपुतको ‘पिर गित’बारे व्यापक टिकाटिप्पणी सुरु भएका छ्न । गित सङ्ग जोडिएर विभिन्न तहमा विभक्त प्रतिक्रिया आएका छ्न । एउटा माओवादी पक्षधरताबाट यस गितमा राखिएको महिला लडाकुलाई यौन पेशा सङ्ग जोडिएको बारे विरोध गरिएको छ। अर्को माओवादी विरोधीहरुले गितको समर्थन गरेका छ्न ,जसबाट माओवादीहरुलाई हिर्काउन पाएकोमा सुखानुभुति गरिरहेका छ्न त्यो उनको धर्म नै हो । केही माओवादी आन्दोलन सङ्ग जोडिएका तर अहिले वितृष्णा मा रहेका र सैद्धान्तिक/वैचारिक धार नै परिवर्तन गरेकाहरुले पनि आफ्नो निराशालाई गितको समर्थनमा उतारेका छ्न ।
पिर गित बारेयो गितको शुरुवात माओवादी जनयुद्धका उपलब्धिहरुलाई प्रस्तुत गर्दै अगाडि बढाईएको छ । तर अन्तिम सम्म हेर्दा सबै खतम ,सबै बर्वाद भएको कुराको भावानुभुति हुन्छ । जुनकुरा आफैमा विरोधाभाष छ। सुरुआतमा जस्तै विच र अन्त्यमा पनि केही सकारात्मक पक्षलाई त्यहाँ देखाईनु पर्थ्यो तर जबर्जस्त नराखिएको कुरा स्पष्ट हुन्छ । एउटा कुरा कला,संगीत र साहित्यमा कुनै एउटा मान्छेको पिडा,वेदना र भावना पनि देखाउन सकिन्छ । यहाँ प्रकाश सपूत र उनको टिमले कुन चेतना ,दृष्टिकोण र उद्देश्य बाट गितको प्रस्तुतिकरण दिन खोजे त्यो उनिहरुलाई मात्रै थाह होला तर यति ठूलो राजनीतिक संघर्षको स्थानान्तरण भैसके पछि योद्धाहरुले पाएको दुःखपीडा र वेदना मात्रै उजागर गर्नु नै थियो भने पनि वास्तविक धरातलमा टेकेर रातारात नबढनाढय बनेका नेतृत्व माथि प्रहार र निस्वार्थ लडेका योद्धाहरु प्रती न्याय हुने गरि देखाउन सक्नु पर्थ्यो।
गितको मुख्य विवादित अंश बारेगितमा महिला लडाकु यौन पेशा गरिरहेको र अर्को पुरुष लडाकु श्रीमती विदेश गएको तिन महिना पछि यौन प्यास मेटन संयोगले तिनै महिला लडाकु कमाण्डर सङ्ग गएको र एकअर्का लाई चिन्दा स्तब्ध भएको दृश्य राखिएको छ। यो कुनै तथ्यको आधारमा राखिएको होइन तर अपवाद घटनाहरुलाई मुख्य केन्द्रमा राखेको भए थाह भएन । या त फेरि विषयवस्तु लाई तोडमोड गरेर पैसा सोर्हन मसला हाल्न राखिएको कुरा स्पष्ट हुन्छ । अहिले कुनै पनि महिला लडाकु यौन पेशामा संलग्न रहेको कुरा तथ्य/प्रमाण र रिपोर्टहरु कहिँकतै सुनिएको,पढिएको र देखिएको छैन । हामीलाई राम्रो सङ्ग थाहा छ २००७ देखी २०६३ सम्म भएका सबै राजनीतिक संघर्षहरुमा महिलाहरुको महत्त्वपूर्ण भुमिका र सहभागिता छ। नेपालमा भएका सबै संघर्षहरुमा जनतालाई बाढिएका सपनाहरू पुरापुर गर्न ठाउमा पुग्न सकेनन र राजनीतिक संघर्ष/ क्रान्ति निरन्तर अगाडि बढेकै छ । त्यसको अर्थ के अहिले सम्म २००७ साल यता संघर्षमा होमिएका महिलाहरु आर्थिक अभावले पिडाबोध भएर विरक्तिएर यौन पेशा अगाल्न पुगेका छ्न त ? कदापि होइन बरु सडकपेटिमा तरकारी बेचेको , ज्यालादारीमा आफ्नो पसिना बगाएर काम गरेको , गिट्टी कुटेको , खेतबारीमा नङ्ग्रा खिएको हामी देख्छौ । अर्को कुरा राजनीतिमा लागेर जिवनको उर्जाशिल समय खर्चेका महिलाहरु सबै पार्टी सङ्ग सम्बद्ध छ्न । पार्टीले उचित व्यवस्थापन गर्न नसकेर आर्थिक अभावमा घरको न घाटको पिडादायी जिवन बिताइरहेका छन तर यौन पेशा अगालेको कतै भेटिदैनन । यसो भनिरहदा एकातिर आफुलाई अब्बल स्तरको बौद्धिक ठान्नेहरु भनिरहेका छ्न यौन पेशामा लाग्ने महिलाहरु कसरी गलत , त्यो त यौन पेशा गर्न बाध्य बनाउन राज्य व्यवस्था गलत हो । हो पक्कै पनि यौन पेशा आगाल्न बाध्य दिदीबहिनिहरु गलत होइनन , गलत त यो राज्यव्यवस्था नै हो । तर फेरिपनि यौन पेशा त गलत नै हो , आत्मसम्मान र स्वाभिमान सहित बाच्न पाउने पेशा त होइन नि होइन र ? यौन पेशामा लाग्ने दिदिबहिनीहरुको बाध्यात्मक परिस्थिति बारे छलफल त गरौंला तर घुमाउरो पारामा यौन पेशामा जोडिएका दिदीबहिनीहरुको भावनात्मक कुरा जोडेर प्रष्टिकरण दिदै यौन पेशामा नजोडिएका महिला लडाकुलाई जबर्जस्त जोडन मिल्छ त ? के यो जायज हो ? उनिहरुले गरेको संघर्षको मोर्चामा श्रमका विविध आयामहरुबारे सिकाईएको छ , तर पेटको भोक मेटन अरु वैकल्पिक श्रमका बाटोहरु हुँदाहुँदै यौन पेशा अगाल्ने कुरा सिकाईएको छैन र त्यो कदापि गर्न सक्दैनन । बरु त्यो पेशामा संलग्न दिदिबहिनीहरुलाई त्यहाँ बाट निकालेर अरु श्रमका बाटोहरु देखाई दिन महिला लडाकु आजपनि सक्षम छ्न । अर्को कुरा गितमा दुवै पतिपत्नी बिच असाध्यै गाढा प्रेम देखाइएको छ तर पत्नी सङ्ग सम्पर्क विच्छेद हुँदा झन पीडा हुनुको साटो उल्टै पिर मेटन पुरुषले यौन पेशा गर्ने महिला सङ्ग शारीरिक सम्बन्ध बाट पिर मेटने विकल्प रोजेको कुराले कस्तो सन्देश दिन खोजेको हो ? यहाँ केही अपवादका विषयलाई मुख्य बनाईएको छ जुन दु:खद पक्ष हो । यसले समाजलाई पक्कै पनि राम्रो सन्देश दिदैन । माओवादी पक्षधरताबाट टिकाटिप्पणी गर्दा ध्यान दिने कुरा जनयुद्ध हिजो पनि महान थियो ,आजपनि छ र भोलि पनि रहि रहनेछ । त्यो मात्रै होइन मानवमुक्तीका लागि भएका सम्पुर्ण रक्तिम क्रान्तिहरु महान नै हुन्छन । जनयुद्धका मुख्य नेता प्रचण्ड-बाबुराममा आएको विचलन ले क्रान्ति अधुरो र अपुरो रह्यो यो कुरा पनि घाम जत्तिकै छर्लङ्ग छ। नत्र भने आजको दिन प्रकाश सपुतहरुले यसरी माओवादी आन्दोलनका थुप्रै सामाजिक-सास्कृतिक उपलब्धिहरुलाई ओझेलमा पारेर सजिलै हिर्काउन सक्दैनथे । यो हिर्काउने दिन पनि क्रान्तिको नेतृत्वकर्ता वैचारिक र सैद्धान्तिक रुपबाट स्खलित/ विचलित भएर सुगुरको खोरमा आफ्नो जीवन भास्न पुगेपछि आएको हो । यो कुरामा गम्भीर आत्मसमिक्षा र आत्मबोध गरौं । गितमा चित्रीत दृश्य र प्रकाश सपुतले गरेको कमजोरी सङ्ग रिस फेर्न नाममा तल्लो स्तरमा झरेर जातीय अहंकार बाट प्रस्तुत भएर (जात लुकाउने रे ,हिजो मान्छेमा गणना नै थिएन ,हामीले लडेर अधिकार ल्याई दिएको हो ) प्रतिक्रिया नदिऔ । प्रकाश सपुत एउटा व्यक्ति हुन तर जनयुद्धमा दलित समुदायको योगदान कसैको भन्दा कम छैन चाहे रगत बगाउने कोण बाट होस या अरु कुनै कोण बाट होस।निष्कर्ष गितले विषयवस्तु ठिकै प्रस्तुत गर्न खोजेको थियो।क्रान्ति प्रतीक्रान्तिमा रुपान्तरण भईसकेपछी संघर्षमा होमिएका योद्धाहरुको वास्तविकता झल्काउने प्रयास गरेको ठिकै छ।त्यति हुँदाहुदै वास्तविकता लाई मोडेर जसरी चर्चा कमाउन खोजिएको छ त्यो दु:खद पक्ष हो । यसले सामाजिक-सास्कृतिक ,आर्थिक र राजनीतिक रुपान्तरणका लागि चलिरहेको आन्दोलन र आन्दोलनमा सरिक मान्छेहरु लाई पनि निराशा र आत्मगलानी पैदा गर्ने दिशा तिर निर्दिष्ट गर्छ । गितले सचेत पो गराउने हो संघर्षमा अगाडि बढिरहेकाहरु लाई हिनताबोध गराउने शैली बाट प्रस्तुत गर्ने कुरा वस्तुवादी र वास्तविक धरातलमा टेकेर आएको होइन । नेतृत्वले गरेको गद्दारी र धोकाधडी बाट एकातिर हिजो संघर्षको मोर्चामा होमिएका योद्धाहरुले पीडा त भोगेकै छ्न । निस्वार्थ रुपमा लडेर दु:खकष्ट सहित अहिले सम्मानित श्रम पेशामा रहेका महिला लडाकु दिदिबहिनीहरु माथी अन्यायपुर्ण तरिका बाट यौन पेशामा जोडिएको दृश्यहरुबाट लाभ कमाउन खोज्ने कुराले र अर्को अन्याय गरेको छ जुन अमान्य छ । यो गितबाट महिला लडाकु यौन पेशा गरिरहेको र श्रीमतीबाट छुट्टीएको पुरुष मान्छे पिर मेटाउन यौन पेशामा लागेकी तिनै महिला लडाकु कमाण्डर सङ्ग संयोगले शारीरिक सम्बन्ध राख्न गरि भेटिन पुगेको विषय चित्रण गर्न खोजिएको दृश्य काटेर सच्चयाउनु नै यो विगतको गौरवपुर्ण इतिहास र यो गित आफै प्रती पनि न्याय हुनेछ।लेखक:विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्दीय सचिव विरेन्द्र शाह हुन्।