ट्रेन्डीङ्ग

युवाद्वारा एमसिसि विरुद्ध भुतहामा विरोध प्रदर्शन

फागुन २८,बर्दघाट ।

एमसिसि सम्झौताको विरुद्ध नवलपरासीको भुतहामा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट-९ भुतहामा नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको आयोजनामा एमसिसी सम्झौता पारित भएको बिरोधमा र्‍याली सहित कोणसभा गरेको थियो ।

बर्दघाटमा भुतहामा रहेको राजामाहात्म मावीको गेटदेखि दलालहरु होसियार,एमसीसी चाहिदैन देश बेच्न पाईदैन, पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर , जस्ता चर्का नाराबाजी गर्दै र्‍याली सुरु भइ भुतहा चोकमा पुगि पुनः राजा मावी गेटमा पुगि कोण सभामा परिणत भएको थियो।

विप्लव निकट युवा संगठन नेपालका जिल्ला अध्यक्ष कृष्ण गिरीले एनसेल लगायतका दलाल कम्पनीहरुलाई ७२ अर्ब कर मिनाहा गर्ने दलालहरुले नै अमेरिकन प्रोजेक्टबाट ५५ करोड डलरको लोभमा राष्ट्रघात गरेको बताउनुभयो ।

कोणसभामा क्रान्तिकारी युवा लीग नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पुर्ण प्रसाद पोखरेलले एमसीसी पारित गर्ने दलालहरुलाई कुनै हालतमा युवाहरुले नछाड्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal