ट्रेन्डीङ्ग

एमसिसी विरुद्ध विप्लव निकट युवाहरु सडकमा

फागुन २८, कैलाली ।

विप्लव निकट युवा संगठन नेपाल लगायत अन्य ५ दल २ मोर्चा निकट युवा संगठन कञ्चनपुर र कैलाली द्वारा आयोजित कार्यक्रम एमसिसिका विरुद्ध सयुक्त युवाहरुको विरोध प्रदर्शन कार्यक्रम कैलालीको पार्क चौकमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेकपा विप्लव का केन्द्रीय सदस्य ओम प्रकाश पुनले सम्बोधन गर्दै युवाहरुले अमेरिकी सम्राज्यवादका विरुद्ध भरभराउदा युवाहरुले सशक्त ढंगले अगनडि बढ्नु पर्ने बताएका छन । विप्लव निकट पार्टी का युवा संगठन नेपाल का केन्द्रीय उपाध्यक्ष दिनेशले कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियता माथि अमेरिकी सम्राज्यवाद को दादागिरी एकातिर छ भने भारतीय विस्तारवादले दार्चुला जिल्ला लगायत अन्य जिल्लामा सिमा अतिक्रमण गरिरहदा नेपालि शाषकहरु टुलुटुल हेरेर बसिरहेका छन यदि दलाल सत्ताका मतियारहरुले राष्ट्रियता संरक्षण गर्न सक्दैनौं भने तिमिहरु तु राजिनामा दिएर अमेरिका भारत गएर मात्रै तिमिहरुले ज्यान बचाउन सक्छौ हैन भने नेपाल अब क्रान्तिकारी युवाहरुले तिमिहरुलाई चयन बस्न नदिने बताएका छन।राष्ट्रिय जनमोर्चा निकट युवा संगठन का केन्द्रीय सदस्य प्रसान्तले अमेरिकी दलालहरुले देश बेच्ने बेला सम्पूर्ण देशभक्त युवाहरु एक हुनुपर्ने बताएका छन।

बिरोध कार्यक्रमको सञ्चालन युवा संगठन नेपाल का प्रदेश इनचार्ज भुवन कुवरले गरेको कञ्चनपुर युवा संगठन नेपाल जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal