
अनिता गमजेर, फाल्गुन २७, उदयपुर । उदयपुरमा युवायुवती मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको सदरमुकाम गाईघाटबाट मध्यपश्चिम उदयपुर गढि-७ र सिराहा जिल्लाको १६ नम्वर सिमानाको जंगलमा युवा र युवतीको लास एकैठाउँमा भेटिएको छ ।
स्थानीय बिनोद यादव गाई चराउन जंगल गएको बेला लास सढेको अवस्थामा देखेका थिए । यादवले तत्काल प्रहरीलाई जानकारी दिए । लास भेटिएको छेउमा घरेलु मदिरा र १ थान सिमबिनाको मोवाइल फोन फेला परेको लाहानस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव खत्रीले जानकारी दिए ।
लास कसको र काहाँको हो ? सनाखत हुन नसकेको लाहान इलाका प्रहरी कार्यालयले बताएको छ ।