ट्रेन्डीङ्ग

उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

अनिता गजमेर,फागुन २६,उदयपुर ।
रक्तदान जिबनदान भन्ने मुल नाराको साथमा उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उदयपुरगढिको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक, गढीगाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुरगढी गाउँपालिकाको वार्ड न ६ नेपालटार बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको शुरूवात हस्पिटलका स्ट्राफहरु बिभेस कुमार शाह,सुमित्रा राई र शिबराज दहालले रक्तदान गरि कार्यक्रम उद्घाटन गरेको थिए ।

आपतकालीन अवस्थामा कुनै पनि मान्छेले रगतको कारणले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले हेल्थकेयर प्रा .लि.ले आज ४१ जना सहभागीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सहभागीले आफ्नो स्व–इच्छाले रक्तदान गरि बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसनमा थोरै भए पनि सहयोग पुगोस भन्ने हिसाबले आफुहरुले कार्यक्रम आयोजना गरेको हेल्थकेयर प्रा .लि . डा .बिभेश कुमार शाहले जानकारी दिए।
प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको प्राली ले गत बर्ष ५१ जनाले रक्तदान गरेका थिय ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal