ट्रेन्डीङ्ग

सुदूरपश्चिमका जिल्लामा एमसिसि विरुद्ध प्रदर्शन

गणेश एसके,फागुन २६,कञ्चनपुर । एमसिसि सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेका छन् ।
एमसीसी विरुद्ध मोर्चाबन्दी गरेर आन्दोलनरत रहेको ६ दल र २ मोर्चा निकट विद्यार्थी संगठनहरुले बिहीबार कैलाली,कञ्चनपुर डोटी डडेल्धुरा अछाम र बैतडीमा विरोध प्रदर्शन गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले जानकारी दिएका छन । देश र जनताको हितमा नरहेको समराज्यवादी रणनीति राष्ट्रघाती सम्झौता एमसिसि खारेज नहुँदा सम्म हाम्रो पार्टी संगठन र संयुक्त मोर्चा निरन्तर आन्दोलन गर्ने इन्चार्ज जप्रेलले बताए ।

एमसिसि खारेज गर, गो ब्याक अमेरिका,दलालहरु होसियार, संसदीय व्यवस्था मुर्दाबाद,अखिल क्रान्तिकारी जिन्दाबाद जस्ता नारा सहित विद्यार्थी हरुले विरोध जनाएका हुन । आज देशैभरि सङ्घर्षमा रहेका पार्टी र मोर्चाका विद्यार्थीहरुले संयुक्त रूपमा विरोध प्रदर्शन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal