
फागुन २६,पोखरा।एमसीसी विरुद्ध बिप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)सहित नेकपा मसाल निकट अखिल (छैठौं) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोध सभा सहित प्रदर्शन गरेका छन्।
विरोध सभामा बोल्दै नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले महाकाली ,गण्डक कोशी,टनकपुर र नेपालको १६ वटा भन्दा बढी उद्योग बेचेको काङ्ग्रेस को नेतृत्वमा फेरि अर्को रास्ट्रघात भयको तर सो को कार्यनयन हुन नदिने र रास्ट्रघातलाई सडकबाट खारेज गर्ने चेतावनी दिए। उनले एमसिसिले विद्यार्थी आन्दोलनमा दुईवटा ध्रुबमा देखापरेको उल्लेख गरे एउटा रास्ट्रघात विरुद्ध सडकमा आयको क्रान्तिकारी शक्ति र अर्को रास्ट्रघातको पक्षमा दिप प्रज्वलन गर्ने नेवि संघ हरु भयको भन्दै नेबि संघलाई बिद्यार्थी आन्दोलनको नाममा कलन्क बनेको भन्दै चेतावनी दिय ।
त्यस्तै अमेरिका बाहिर प्रजातन्त्र र स्वतन्त्रता र भित्र आतंकबाद भयको बताय उनले बोलिभियामा चे ,कङ्गोको प्रधानमन्त्री लुम्बुम्बा आजाद ,इन्डोनेसियाको रास्ट्रपति सुकानो ,चिलिको रास्ट्रपती एलेन्दे ,गद्दाफी ,चाभेज गोन्जालो ,सुलेमानी लगायतको हत्या गरेको हत्यारा अमेरिका लाई नेपालमा प्रवेश रोक लागाउनुपर्छ र यसको नेतृत्व विद्यार्थीले गर्नको लागि अपिल समेत गरे ।
सभालाई सम्बोधन गर्दै अखिल (छैठौ) का केन्द्रीय सचिव इन्द्रमणि पाण्डेले राष्ट्रघाती एम.सी.सी. खारेज नगरे नेपाली जनताले वर्तमान राजनीतिक नेतृत्वलाई बाँकी नछाड्ने भएकाले हरेक राष्ट्रघाती कदमको नेताहरूले जवाफ दिनुपर्ने बताउँदै तत्काल खारेज नगरे आन्दोलनको आधीबेहरी ल्याउने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै अखिल नेपाल विद्यार्थी युुनियनका केन्द्रिय अध्यक्ष मनिस भट्टराईले एम.सी.सी. खारेज गरे मात्र नेपाली राष्ट्रियताको रक्षा हुने भन्दै त्यसको खारेजीको लागि जनदबाब आवश्यक रहेको औल्याउनुभयो।
कार्यक्रम पोखरा न्यूरोडबाट सुरु भएको नाराजुलुससहितको जुलुस चिप्लेढुङ्गा मानव अधिकार चोकमा गएर कोणसभामा परिणत भएको थियो ।
सभाको सञ्चालन अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला कास्की का अध्यक्ष उपेन्द्र् परियारले गर्नुभएको थियो ।