
चुरामणि तिमल्सिना,फागुन २६,रिणि ।
पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पबित्र तीर्थ स्थल कालीगण्डकी रुरु धाममा निर्माणको अन्तिम चरणमा पुगेको तिन मुखे झोलुङ्गे पुलमा दिनहुँ आन्तरिक तथा बाहय पर्यटकरु आउने गरेका छन। पछिल्लो समयमा सबै मिडिया फेसबुक हरु बाट प्रचारप्रसार भएको हुनाले यहाँ पुल हेर्न घुम्न टिक टक बनाउन, भने कोहि निर्माण सम्पन्न भएपछी यहाँको आय वृद्धि कसरी हुन सक्छ भन्ने जानकारी लिन आउने गरेको रुरुका सुन्दर कसजुले बताउनु भयो ।
हुनत झोलुङ्गे पुल नेपालमाअध्याधिक मात्रमा छन ती पुल भन्दा यो पुल तीन जिल्ला जोडने अनि एसियाको रुपमा पहिला बनेको हुनाले यहाँ यसरी पर्यटक बढेको जीवन कुमारी कसजुको धाराण छ ।
अझ यस पुलको काम नसकिदै पर्यटमा वृद्धि भएको छ भने पुल सम्पन्न भए पछी भिउटावर कटेज धार्मिक होमस्टे संचालन गर्न सकेमा यहाँसोचे भन बढी तिर्थ यात्री हरु आउने स्थानिय ब्यापारि खिम प्रसाद गौतमले बताउनु भयो । अब यहाँ पुल मात्र बनेर हुदैन पर्यटक लाई केही दिन घुमाउनको लागि ताल तलैया , पिकनिक स्पोट , बाल उध्यान बजार सरसफाइ , विभिन्न स्थानमामा पर्यटक गाइड र दैनिक कालीगण्डकीमा आरती, आधुनिक सुबिधा सम्पम्न पाटी होटल, पौवा, धर्मशाला हरु बनाउ सकिने हो भने लुम्बिनी आउने अधिकाम्स पर्यटकहरु रुरुमा बास बसेर जाने क्राउन होटल सन्चाल गर्दै आउनु भएका नारायण ज्ञवालीले बताउनु भयो ।
यसो त यहाँ थुप्रै घुम्ने मठमन्दिर पनि नभएको हैनन तर पुरातात्त्विक सम्पदाको संरक्षण नहुनु, पुराना कलात्मक सामाग्री हरुको भणडार नहुनु तथा सङ्रालयको अभाव हुनु यश क्षेत्रको दुर्भाग्य नै हो तर अबका समयमा पर्यटन प्रबन्धन लागि आवस्यक पुरना सामाग्रीहरुको खोजी निति पनि गरिरहेको पुरानो पुस्ताकालयको संरक्षणको काम समेत अगाडी बढाउदै आयको उधोग बाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपतिले बताउनु भयो ।
यता रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बिक ले रुरु धाम चार धाम भएकोले आउने पर्यटक लाई रुरु क्षेत्रका धार्मिक पौराणिक सास्कृतिक सम्पदाको इतिहास झल्काउने ब्यानर बोडहरु पुस्तिकाहरु समेत प्रकाशन तथा बितरण गरिरहेको बताउनु भयो । कालीगण्डकीमा स्थान गरि भगवानको दर्शन गर्नाले पुन जन्म लिन पर्दैन भन्ने बिस्वासका साथ रुरु धाममा भक्तजनहरु आउने गर्दछन ।