
फागुन २६, बर्दघाट। अखिल(क्रान्तिकारी)सहित ३ विधार्थी संगठनले नवलपरासीको बर्दघाटमा प्रदर्शन गर्ने भएका छन।
विद्यार्थी मोर्चाको आज बर्दघाट् बसेको संयुक्त बैठकको निर्णय अनुसार संयुक्त वक्तव्य जारी गर्दै एमसिसि सम्झौता,शैक्षिक वेतिथी र मुल्य वृद्धि लगायतका विषयमा प्रदर्शन गर्ने भएका हुन ।
संयुक्त वक्तव्यमा भनिएको छ”फाल्गुन १५ गतेका दिन नेपाली जनताको व्यापक विरोध हुँदाहुँदै कथित व्याख्यात्मक घोषणासहित संसदबाट राष्ट्रघाती सम्झौता एमसिसिको अनुमोदन,जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तु ,खाद्यान्न,पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तथा शैक्षिक क्षेत्रमा व्याप्त बेथितीहरु र संयुक्त विद्यार्थी आन्दोलन गर्ने निर्णय गरेको छ ।
वक्तव्यमा संयुक्त विद्यार्थी आन्दोलन फाल्गुन १५ गते राष्ट्रघाती सम्झौता एमसिसि ससदबाट कथित व्याख्यात्मक घोषणा सहितको अनुमोदन गरेरेको बिरोधमा फाल्गुन २७ गते दिव्यज्योती बहुमुखी क्याम्पसमा संयुक्त विधार्थी विरोध प्रदर्शन सहितको सभा गर्ने निर्णय भएको उल्लेख गरेको छ।
अन्त्यमा नेपाल आयल निगमले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तथा दैनिक उपभोग्य वस्तुहरुमा गरिएको महंगीको खारेजी,कालोबजारीको अन्त्य गर्न माग गरेका छन्।
वक्तव्यमा अखिल(क्रान्तिकारी)नवलपरासी जिल्ला अध्यक्ष सन्देश सापकोटा,अखिल(छैठौ)नवलपरासीका जिल्ला अध्यक्ष सागर सुवेदी र अखिल(क्रान्तिकारी)कानवलपरासी जिल्ला सन्तोष तिवारीले हस्ताक्षर गरेका छन ।
वक्तव्य: