ट्रेन्डीङ्ग

अवैध लागूऔषध सहित २ जना पक्राउ

फागुन २६,काठमाडौं ।
धादिङमा अवैध लागुऔषध सहित प्रहरीले २ जनालाई प्रकाउ गरेको छ ।
खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा जेब्रा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार कास्की पोखरा महानगरपालिका-३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका-१ बस्ने २४ वर्षीय लिमु रजकलाई धादिङको गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साझ पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal