ट्रेन्डीङ्ग

संखुवासभामा बस दुर्घटना १० जनाको मृत्यु

फागुन २६,संखुवासभामा ।
संखुवासभामा बस दुर्घटना भएको छ ।
मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नं. बिहान साढे पाँच बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने घाइते भएका ५ जनाको उद्धार गरिएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार हालसम्म १० जनाको शव फेला परेको छ। अझै हताहति भएको आशंका गरिएको छ।

संखुवासभा मादी नगरपालिका -६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal