
फाल्गुन २५,नवलपरासी । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले सोमबार परासीमा रुसी आक्रमणका विरुद्ध प्रर्दशन गरेको छ । मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण महिला र बालबालिकाहरुको ब्यापक मानव अधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा बोल्दै शान्ति समाजका जिल्ला सभापति सन्तोष अधिकारीले युद्ध छाडेर शान्तिको बाटोमा लाग्नु पर्ने बताउनु भयो । युद्धले कोहि कसैलाई पनि फाइदा नगर्दा बताउदै उहाले तत्काल युद्ध बिराम गर्नु पर्नेमा जोड दिनुभयो । रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको देशव्यापी अभियान अन्तर्गत गत एक सातामा नवलपुर, पाल्पा, अछाम, नुवाकोट, चितवन, बाँके, दाङलगायतका जिल्लाहरूम प्रदर्शन भइरहेको केन्द्रिय सभापति गोबिन्द खनालले जानकारी दिनु भयो ।