ट्रेन्डीङ्ग

नारी दिवस:सैनामैनामा पुस्तकालयद्वारा वक्तृत्वकला प्रतियोगिता

प्रदिप ज्ञवाली,फागुन २४ ,सैनामैना । मङ्गलवार देशभर भव्य रुपमा अन्तराष्टिय श्रमिक नारी दिवस मनाइएको छ । सैनामैना ८ मा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले पनि एक कार्यक्रमको आयोजना गरि नारी दिवस मनाएको छ ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् यश वर्षको नारी दिवसको मुख्य नारा”सामाजिक न्याय र लैङ्गिक समानता,दिगो विकासको सुनिश्चितता”रहेको थियो । सोहि विषयक वक्तृत्वकला प्रतियोगिता संस्थाले आज गरेको हो ।

प्रतियोगितामा जम्मा ९ जना प्रतिस्प्रधी सहभागी रहेका थिए । जसमा प्रथम स्थान मिना पौडेलले हासिल गर्नुभएको थियो । भने प्रतीक्षा पौडेलले दोस्रो स्थान हासिल गर्नुभएको थियो ।त्यस्तै समिक्षा शेर्पालीले तेस्रो स्थान हासिल गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद तिवारीले नारीहरु आफेमा सबल बन्नु पर्ने बताउनु भयो । नारीहरु आफ्नो अधिकार प्राप्तिका लागि सकृय र सचेत भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा निर्णायकको भुमिकामा अतिथि निर्णायक कमल राना हुनुहुन्थ्यो भने, माया ज्ञवाली र रिम ब. श्रेष्ठले पनि निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमको संस्थाका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन संस्थाको कार्यलय प्रमुख कल्पना कंडेलले गर्नुभएको थियो । कार्यक्रम संस्थाको हलमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal