ट्रेन्डीङ्ग

नेकपाद्वारा उदयपुरमा सहिद परिवार सम्मान

फागुन २१,उदयपुर। बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनयुद्धमा सहिद र बेपत्ता भएको परिवारजनलाइ सम्मान कार्यक्रम गरेको छ।

दिल बहादुर रम्तेल सहिद भएको २०५२ फागुन १४ र सुखानी हत्या काण्ड भएको २०२९ फागुन २१ लाई नेकपाले सहिद सप्ताहको रुपमा मनाउदै आएको छ।

सहिद परिवार समाज उदयपुरले आयोजना गरेको सम्मान कार्यक्रममा सहिद तथा बेपत्ताका परिवारजनलाइ अबिर, दोसल्ला र सम्मान पत्र प्रदान गरेको थियो।

कार्यक्रमको अध्यक्षता सहिद परिवार समाज, उदयपुरका जिल्ला संयोजक दुर्गा तामाङले गर्नु भएको थियो।

भने प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिबेक कुमाल,अतिथीहरुमा सेक्रेटरी लक्ष्मण पौड्याल, प्रयास,अमृत, मान ब.आदिले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै नेताहरुले अझै सहिदको सपना पूरा नभएको जस्को मुख्य दोषी प्रचण्ड बाबुराम रहेको बताए। जुन बर्ग र सत्ताको विरुद्ध जनयुद्ध गरिएको थियो तिनै संग घाँटी जोड्न पुगेको कारण सहिद र जनतामाथि ठूलो घात भएको बताए। तर त्यो सहिदको सपना र अधुरो रहेको वर्गसंघर्ष पूरा गर्न नेकपा अघि बढेकोले सहिद परिवारजनहरु निराश नहुन आग्रह समेत गरे।

कार्यक्रमको अन्त्यमा बोल्दै संयोजक दुर्गा तामाङले सहिद परिवारहरु अलग थलग नभइ सबै एक ढिक्का भएर क्रान्तिकारी पार्टीलाई सहयोग गर्नु पर्ने आबश्यकता औल्याए।

सम्पुर्ण सहिद तथा बेपत्ता परिवारहरु भावानात्मक,बैचारिक, संगठनिक हिसाबले एकताबद्ध भएमा मात्रै सहिदले न्याय पाउने बताए। अन्त्यमा सबैले एकअर्कालाइ अबिर लगाउदै कार्यक्रम समापन भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal