ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी) द्वारा सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन

फागुन २१, कञ्चनपुर । सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुर ले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताहको उपलक्ष्यमा दीप जलाएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले बताए ।

उक्त दीप प्रज्वलन कार्यक्रममा नेकपा कञ्चनपुर जिल्ला सचिव जीवन परियार,अखिल क्रान्तिकारी का केन्द्रिय सचिव वीरेन्द्र शाह,संगठनकै सुदुर पश्चिम इन्चार्ज प्रकाश जप्रेल,संगठनका कञ्चनपुर जिल्ला इन्चार्ज ललित एसके लगायत जिल्लाका संगठनका नेताहरुको सहितको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal