
फागुन २१, कंचनपुर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर समिति,कञ्चनपुर द्वारा जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका ८ सहिदहरु लाई सम्मान गरेको छ । निर्मला सुनार, तेज वहादुर कार्की , प्रित वहादुर बिष्ट ,राम प्रसाद डगौरा,रामकृष्ण डगौरा,जय वहादुर चन्द,कलविर सार्की ,शशी कुमार डगौरा सहिद परिवारहरुका घरघरमा पुगेर अभिनन्दन पत्र ,फलफुल र दोसल्ला ओढाएर सम्मान गरेको नेकपा भिमदत्त नगर सचिव दिपेन्द्र ऐरी ले बताएका छन। उक्त अभिनन्दन कार्यक्रम मा पार्टी कञ्चनपुर जिल्ला पुर्व सचिव राजेन्द्र विष्ट,अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष र पार्टी जिल्ला समित सदस्य पुष्कर भण्डारि लगायतका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।