ट्रेन्डीङ्ग

नेकपा सुर्खेतको सहीद तथा वेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

रगवीर विश्वकर्मा,फागुन २१, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सुर्खेतको आयोजनामा शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सहीद तथा वेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा सुर्खेत-दैलेख इंचार्ज एटम बि सीले – दलाल संसदिय पॅूजीवादी व्यवस्थालाई फ्यॅाकेर वैज्ञानिक समाजवाद ल्याउनको लागि नै सहीदहरूले आफ्नो ज्युज्यानको बलिदानी दिएका हुन्। प्रचण्ड र बाबुरामहरूलाई सहिदका सपनाको हत्या गरी यहि व्यवस्थाको मतियार बन्दै एमसिसी जस्ता राष्ट्रघाति सम्झौतामा ल्याप्चे ठोक्नका लागि सहादत भएका होइनन् भन्दै आफ्नो पार्टीले यो दलाल संसदिय व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्तीको बाटोमा अगाडी बढीरहेको छ।त्यसैक्रममा पार्टीले “ वैज्ञानिक समाजवाद ठीक कि दलाल संसदवाद ठीक ?” भन्ने विषयमा जनताको जनमत संग्रह गर्नु पर्ने आवाज उठाएको छ । यदि दलालहरूले त्यो आवाजलाई नसुनेर कुल्चेर अगाडी बढ्ने कुचेष्ठा गरेको खण्डमा दलालका विरूद्धको जनताको लडॅाई उच्च बन्दै जानेछ र त्यो आन्दोलनको अॅाधीबेहरीले एमसिसी लगायतका सम्पूर्ण राष्ट्रघति सन्धिहरू र यो दलाल संसदिय व्यवस्थालाई समेत खारेज गर्दै जनताको जनगणतन्त्र वैज्ञानिक समाजवाद स्थापना गर्नेछ र त्यो व्यवस्थाले मात्र सहीदका सपना पूरा गर्नेछ त्यसैले सहीद तथा वेपत्ता परिवारको पनि संघर्षमा महत्त्वपूर्ण योगदान र सहयोग रहनेछ भन्ने कुरा बताए ।
सहीद तथा वेपत्ता परिवारको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै सहीद तथा वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य एैना धमाला(योजना)ले-जनयुद्धको नेतृत्वले गद्धारी गर्दै पार्टी,क्रान्ति,देश र जनतालाई धोका दिएको कारण सहीदका सपनाहरू अधूरै रहेका छन् भने सहीदका ति अधुरा सपना पुरा गर्ने संघर्षको योजना एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढीरहेकोले नेपाल कम्युनिष्ट पार्टीलाई धन्यवाद दिॅदै सफलताको शुभकामना दिनु भयो साथै हामी हाम्रो बॅाकि जीवन पनि क्रान्ति सफल गर्दै सहीदका सपना साकार पार्नलाई कुनै कसर बॅाकि नराखेर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । सहीद प्रति श्रद्धांजलीबाट सुरू गरिएको कार्यक्रममा सुर्खेत भ्याली भित्रका एक दर्जन सहीद तथा वेपत्ता परिवारको सहभागिता रहेको थियो भने जनपत्रकार संगठनका केन्द्रिय सदस्य जगदिशनाथ योगी,अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रिय सदस्य तुलराज तिरूवा,नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय सदस्य मायाराम न्यौपाने, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, जनपत्रकार संगठन सुर्खेतका अध्यक्ष सिद्धबहादुर खड्का,पार्टी बिशेष समिति सदस्य हिमाल, पार्टी जिल्ला समिति सदस्य बिनोद लामा लगायतको उपस्थिति रहेको थियो । उपस्थित सहीद तथा वेपत्ता परिवारहरूलाई सभाध्यक्ष र प्रमुख अतिथिबाट खादाको साथमा अविराबरण गरी अभिनन्दन गरिएको उक्त कार्यक्रमको संचालन रगवीर विश्वकर्माले गरे भने पार्टी बिशेषसमिति सदस्य तथा वीरेन्द्रनगर नगर पालिका इंचार्ज यामराजको अध्यक्षतामा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal