ट्रेन्डीङ्ग

नेकपाद्वारा लमजुङमा सहिद सप्ताह विविध कार्यक्रम गरि सम्पन्न

फागुन २१,लमजुङ।नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद साप्ताह कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन १४ गते देखि २१ गते सम्म नेकपाले सहिद साप्ताह मनाउदै आइरहेको थियोे ।

नेकपा लमजुङले जिल्लामा रहेका सहिद तथा बेपत्ता पारिएका ब्यक्तिहरुको परिवार संग भेटघाट गरि सम्मानपत्रका साथै दोसल्ला ओडाइ कार्यक्रम गरि मनाएको छ ।

नेकपा लमजुङले जनयुद्ध र जनआन्दोलनका क्रममा राज्यद्वारा सहिद तथा बेपत्ता पारिएका ब्यक्तिको सम्झनामा परिवार सङ्ग भेटघाट तथा सम्मान गरि हरेक बर्ष विभिन्न कार्यक्रम गरि मनाउदै आइरहेको को छ ।

सोहि अनुसार नेकपा लमजुङले सप्ताहब्यापि कार्यक्रम गरि यो बर्ष पनि मनाएको छ ।

१० वर्ष जनयुद्ध र १९ दिने जन-आन्दोलनका क्रममा लमजुङ जिल्लाबाट राज्यद्वारा ७५ जना सहिद भएका छन भने १३ जना बेपत्ता रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal