ट्रेन्डीङ्ग

शहिदलाइ चिहानबाट निकाल्ने अवस्था आयो:नेकपा केन्द्रिय सदस्य सुमनसिहं

२१ फागुन,इलाम ।  नेपाल कम्युनिस्ट पार्टी इलामले एक कार्यक्रम गरी सहिद सप्ताहको समापन गरेको छ।                               सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन,सहिद स्मृती प्रतिक्षालय उद्द्घाटन र सहिद स्मृती चोक नामाकरण गर्ने काम सम्पन्न गरेको हो।

माइ नगरपालिकाको मुख्य स्थानमा सहिद स्मृती प्रतिक्षालय निर्माण भएपछी सम्पुर्ण स्थानिय हर्सित बनेका छन ।

इलामको माइ नगरपालिका शितली स्थित चियाबारीमा रहेको खाली जग्गामा निर्माणाधिन प्रतिक्षालयको उत्घाटन पछि सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा शुभकामना पत्र बितरण गर्दै खदा ओडाएर अभिनन्दन गरिएको थियो।उपस्थित १६ जना सहिद परिवारका सदस्यहरुलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी रहेका नेकपाका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले सहिदहरुलाई स्मरण गरेर निर्माण गरिएको प्रतिक्षालय र नामाकरण गरिएको सहिद स्मृती चोकले अनवरत रुपमा क्रान्तिको पक्षमा बोलिरहने बताए । यो समय चरम रास्ट्रघात र जनघात भएको छ,यो बेला सहिदहरु चिहान बाट निस्कने समय हो भन्दै उनले सहिदहरुलाई चिहानबाट बाहिर निकाल्ने उद्घोस गरे।

सिहंले सहिदहरुको अबमुल्यन गरेर फलानाको छोरा मर्यो तर के पायो भनेर बलिदानलाई गलत बनाउन खोजिएको सन्दर्भ स्मरण गर्दै यो सबै पुंजिवादी लुटेराहरुको नियोजित चाल भएको बताए।सहिद परिवारको ब्यवस्थापन नहुनु,उनिहरुलाइ दुख दिईनु यो जानाजान बनाइएको छ,यसो गरेपछी क्रान्ती प्रती वितृष्णा पैदा हुन्छ भन्ने आसयले यो सबै गरिएको सिंहले बताए।

उनले सहिद परिवारलाई भने”आफ्नो परिवारको बलिदान प्रती गर्व गर्नुस, किनकि आज यो देशमा सबैतिर अत्याचार हुंदा सहिदको सपनाले नै लडिरहेको छ।”उनले सहिद परिवारको संरक्षण गर्ने र बलिदानको मुल्यलाई जिवन्त राख्न जिल्ला भरिनै सहिद स्मृती स्थलहरु निर्माण गर्ने र संधै सहिदको सपनाको चर्चा गरेर साम्यवादी संस्कृती निर्माण गर्ने बताए।

सहिद परिवार माथी कसैले तलमाथि गर्न खोजे बांकी नछाड्ने बताउँदै रास्ट्रघाती एमसिसिको परियोजना कुनै हालतमा लागू हुन नदिने बताए ।

कार्यक्रममा सहिद तथा बेपत्ता समाज इलामका संयोजक बिमल आचार्यले सहिदको बलिदान खेर जान नदिने उद्घोस गरे । उनले इलाम जिल्ला भरिबाट बलिदान गर्ने ८४ जना सहिद र २ जना बेपत्ता योद्धा तथा झापा बिद्रोहका सहिद र एकीकृत जनक्रान्तिका सहिदहरुको समेत नाम बाचन गर्दै सहिदहरूकाे बलिदानको चर्चा गरे।

कार्यक्रमको अध्यक्षता पार्टिका जिल्ला सेक्रेटरी मौसले गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सदस्य बिनोद मगरले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal