ट्रेन्डीङ्ग

१६ वटा युट्युब च्यानललाई अनुसन्धान गरि कारबाही गर्न सिफारिस

फागुन २०, परासी । प्रेस काउन्सिल नेपालले १६ वटा युटुब च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ ।

शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा युटुब च्यानल लाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् ।

कारवाहीमा गर्न सिफारिस गरेका युटुब च्यानल हरु
१. टिसिने नेपाल
२. सुपर अनलाइन
३. ए वान समाचार
४. मिडिया ताजा खबर
५. नेपाली मन मिडिया
६. पुमा गौरव राई
७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल
९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया
११. विशाल नेपाल
१२. मुन अफ नेपाल
१३. डिएमजी नेपाल
१४. नेपाली माटो
१५. समर्पित प्रकाश
१६. राताेपाटी मिडिया (नाेट: राताेपाटी डटकमकाे युटुव हाेइन)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?