ट्रेन्डीङ्ग

बर्दघाट जेसिजद्रारा ५ हजार जनालाई प्रसाद बितरण

प्रकाश न्यौपाने,फाल्गुन १७,नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट जेसिजद्रारा आज शिवरात्रीको अवसरमा ५ हजार जनालाई प्रसाद बितरण गरेको छ ।
बर्दघाट उद्योग बाणिज्य संघद्रारा बर्दघाटमा आयोजित मेलामा मेला अवलोकन गर्न आउनु भएका सम्पूर्णलाई शिवरात्रीको अवसरमा प्रसाद बितरण गरिएको जेसिजका अध्यक्ष दिनेश न्यौपानेले बताउनु भयो ।

उहाँका अनुसार बर्दघाट जेसिजले धर्म र नेपाली सस्कृतिको जगेर्ना गर्ने अभिप्रायले मेलामा नै शिव पुजा गरि प्रसाद बितरण गरिएको बताउनु भयो । आज बिहान ७ बजे देखी ९ बजेसम्म शिव पुजा गरि बिहान ९ बजे देखी दिउसो ४ बजे सम्म प्रसाद बितरण गरिएको जेसिजका महासचिव सिसम पाण्डेयले जनाकारी दिनु भयो ।
कार्यक्रममा मेला बर्दघाट उधोग बाणिज्य संघका सम्पूर्ण कार्यसमिति, बर्दघाट जेसिजका सम्पुर्ण कार्यसमिति, जेसिज बर्ष २०२०/२१ का अध्यक्ष गणेश प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal