
फागुन १७, सुनवल । पश्चिम नवलपरासीको सुनवल ८ स्थित वैरागनाथ मन्दिरमा महाशिवरात्री विशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीकै प्रसिद्ध शिवधामका रुपमा परिचित वैरागनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष सास्कृतिक कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उद्योग वाणिज्य संघ नवलपराीका अध्यक्ष केशव भण्डारीले कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य सहित महाशिवरात्रीमा सांस्कृतिक कार्यक्रम अयोजना गर्नु आफैमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।
साथै संस्कृतिमैत्री विकासका कार्यक्रमहरुले मात्र स्थानियलाई विकासको अपनत्व महशुस गराउने भएकाले समाज परिर्वतनमा कला संस्कृतिले महत्वपुणर् भुमिका खेल्ने अध्यक्ष भण्डारीको भनाई छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिल वहादुर थापा क्षेत्रीको अध्यक्षता रहेको सांस्कृतिक कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष वसन्त दाहाल र वडा नम्वर ८ का वडाध्यक्ष निलकण्ठ गैरेको विशेष आतिथ्यता रहेको थियो।
विशेष सांकृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक गायिकाहरु, हुम गैरे, भरत क्षेत्री, अस्मिता वुढाथोकि लगाएत स्थानिय कलाकारहरुको बिशेष प्रस्तुतिति रहेको थियो भने भत्तजन तथा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको मन्दिरले जनाएको छ ।