ट्रेन्डीङ्ग

स्याङ्जामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

स्याङ्जा।२७ औं जनयुद्ध दिवस एवं सहिद सप्ताहको अवशरमा नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।

सहिद सप्ताहको सन्दर्भमा फागुन २१ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाद्वारा जनयुद्धका सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान कार्यक्रम वालिङ नगरपालिका स्थित सहिद भवनमा सम्पन्न गरेको छ ।
सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रममा मन्तव्य राख्दै एकीकृत जनक्रान्ति मार्फत सहिदका सुन्दर सपनाहरु पूरा गर्ने र अधुरो क्रान्तिलाई पूरा गर्ने अविभारामा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको सम्मान कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज कमरेड बिकिरणले बताउनुभयो।

कार्यक्रममा बोल्दै पर्वत जिल्ला सेक्रेटरी अनन्तले प्रचण्ड बाबुरामहरुले सहिद परिवारलाई धोका दिएको भन्दै सहिदको रगत र आंशुले सराप्ने हुनाले सहिद को रगतमा खेल्न नहुने बताउनुभयो । सहिद वेपत्ता परिवारको तर्फबाट दिल्लीराम रिजाल र जिल्ला संयोजक नारायण पराजुली लगायतले बोलेका थिए।

झण्डै ५० जनाको उपस्थितिमा कमरेड सागर थापाको स्वागत र जिल्ला सेक्रेटरी सुजन विश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रम को संचालन ध्रुव गौडेलले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal