ट्रेन्डीङ्ग

बन्दका कारण बिहानैदेखि उदयपुरको जनजीवन प्रभावित

अनिता गजमेर,फागुन १६,उदयपुर ।
एमसीसी सम्झौता संसदबाट पारित गरेको विरोधमा नेकपा लगाएत विभिन्न ६ पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा आह्वान गरेको बन्दका कारण सोमबार बिहानैदेखि उदयपुरको जनजीवन प्रभावित बनेको छ।
नेपाल बन्द सफल पार्न उदयपुरको कटारी नगरपालिका ,बेलाका नगरपालिका चौद्ण्डीगढी नगरपालिका,गढि गाउँ पालिका र त्रियुगा नगरपालिकामा बिहानै देखि नेकपा लगाएतको पार्टीका नेताकार्यकर्ता सडकमा खटिएका थिए बन्दको कारण यहाँ का उद्योग धन्दा,यातायात ब्याबसाय ,शौशिक संस्था सबै बन्द छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा का केन्द्रिय सदस्य तथा उदयपुर ओखलढुंगा ईन्चार्ज बिबेक कुमालले एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल पार्न सहयोग गर्नु हुने उदयपुर बासी उधोगी ब्यापारी ,बुद्धिजीवी ,यातायात ब्याबसायी ,शौशिक संस्था प्रहरी ,पत्रकार नेताकार्यकर्ता लाई बिशेष धन्यवाद दिदै
राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता माथिको अमेरिकि उतर साम्राज्यवादको नाङ्गो हस्तक्षेपको विरुद्ध नेपाल बन्दको आह्वान गर्नु परेको बताउदै कुनै पनि हालतमा राष्ट्रघाती mcc सम्झौता संसदबाट पारित गरे पनि कुनै पनि हालतमा कार्यन्वायन गर्न नदिने र आफ्नो पार्टीले शान्ति पुर्ण आन्दोलन गर्दा पनि सरकारले नटेरी कन हिसात्मक रूपमा दमन गरेर कयौं साथीहरूलाई घाइते बनाएको र जनताको आवाजलाई बन्दुकको भरमा दबाउन खोजेमा जनताले त्यसको जवाफ राम्रोसंग दिने बताउदै अब आफ्नो पार्टीले तुरुन्तै सघर्सको कार्यक्रम लिएर जनता माझमा आउने कुरा जानकारी दिदै आजको नेपाल बन्द सफल पार्न सहयोग गर्नु हुने उदयपुरबासी बुद्धिजीवी,ब्यापारी ,शिक्षक,यातायात ब्याबसायी र बन्द सफल पार्न खट्नु हुने नेताकार्यकर्तालाई विशेष धन्यबाद दिदै आजको बन्द सफलताको साथ सम्पन्न भएको बताए
त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादी बाट मोहनसिंह तामाङ ले एमसिसि को विरुद्ध मा मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन देशभक्त जनतन्त्रिक मोर्चाका संयोजक लिल बहादुर बिश्वकर्माले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal