ट्रेन्डीङ्ग

बन्दको प्रभाव:नवलपरासी ३ वटा भारतीय ट्रकमा तोडफोड

फागुन १६,परासी।विप्लव नेतृत्वको नेकपासहित ६ दलले आव्हान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै नवलपरासी सहित देशका विभिन्न ठाउँमा तोडफोड र टायर बालेका छन।

बन्दकर्ताले पश्चिम् नवलपरासीमा भारतीय ३ वटा ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।

काठमाडौमा बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी गराएको छ ।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal