ट्रेन्डीङ्ग

सैनामैना पाँच पुर्ण खोप सुनिश्चित वडा घोषणा

प्रदिप ज्ञवाली,फागुन १५,सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका अन्तरगत वडा नं ५ कोभिड १९ बिरुद्धको पुर्ण खोप सुनिश्चित वडा धोषणा भएको छ । आज एक कार्यक्रमको आयोजना गरि वडालाइ पुर्ण कोभिड १९ विरुद्धको पुर्ण खोप सुनिश्चित वडा घोषणा भएको हो ।

घोषणा कार्यक्रममा बोल्दे कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले नगरले बिकास निर्माणका कामहरुलाइ द्रुतगतिमा अघि बढाइरहेको बखत महामारी आएता पनि यसलाइ हामीले गतिलो तरिकाले अवतरण गर्न सफल भएको बताउनु भयो। भने माहामारी र खोप कार्यमा खटने सम्पुण राष्ट्र सेवक कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक , स्वयमसेविका , राजनितक दल , सम्पुण जनप्रतिनिधि, टोल बिकास स्ंस्थाका प्रतिनिधिहरुलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यस्तै महामारीको समयमा र खोपको समयमा वडाले गरेका गतिविधिहरुको बारेमा जानकारी दिदै सो वडाका अध्यक्ष परसुराम सापकोटाले महामारीको समयमा वडाबाट एक करोड पचास लाख बढी रकम खर्च भएको बताउनु भयो । वडामा १२ वर्ष उमेर पुगेका सम्पुर्णले खोपाधिकार प्राप्त गरेको जानकारी दिनुभयो । कोरोना महामारीका बिच पनि वडामा थुप्रै बिकास निर्माणका काम भएको उहाको बिश्वास छ ।
कार्यक्रममा वडाका राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, आमा समुह, महिला स्वास्थ्य स्वयंसेविका , सामुदायिक वनका प्रतिनिधि जनप्रतिनिधि आदिको सहभागीतामा भएको हो । वडा अध्यक्ष परसुराम सापकोटा को अध्यक्षता, नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, विभिन्न आतिथिगणको आतिथ्यता, वडा सदस्य मनकुमारी राइको स्वागत एवम कर्मचारी बिन्दु शर्माको सञ्चालनमा नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal