ट्रेन्डीङ्ग

कन्चनपुरमा अमर्यादित ढंगले बन्दकर्ता माथि प्रहरीको दमन

गणेश एसके,फागुन १६,कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले लाठी प्रहार गरेको छ । बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिब दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सह सचिब हरिश ऐरीलाई प्रहरीले लठ्ठीले टाउकोमा हानेर घाइते बनाएको छ ।

यो विषयमा हामीले नेकपा जिल्ला सचिव जीवन परियारलाई बुझ्दा राष्ट्र हितको लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गर्न खोजेको छ त्यो दमनलाई आफूहरूले सशक्त रूपले रुपले प्रतिकार गर्ने उनले बताए । नेता परियारले भने, “देश को राष्ट्रियता संकटमा रहेका बेला सबैले यो बन्दलाई,आन्दोलनलाई सहयोग समर्थन गर्नुपर्छ । प्रहरीले दमन गर्ने नीति तत्काल रोक्नु पर्छ नरोके असहज स्थिति पैदा हुन सक्ने चेतावनी दिएका छन ।” यो अमर्यादित गतिविधि लाई प्रहरीले तत्काल रोक्नु पर्छ र जनताको जायज मुद्दालाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal