ट्रेन्डीङ्ग

सैनामैनामा स्मार्ट कृषि सहकारी शुभारम्भ

प्रदिप ज्ञवाली,फागुन १५,सैनामैना । सैनामैना स्मार्ट कृषि सहकारी औपचारिक रुपमा उद्घाटन तथा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । “उज्यालो भविष्यका लागि सामुहिकतामा विश्वास ” भन्ने मुल नाराका साथ सैनामैना पाँच बुद्धनगरमा सहकारी संस्था सञ्चालनमा ल्याइएको हो ।
सहकारीले सेयर सदस्यहरुको आर्थिक पक्षलाई सबल बनाउदै उनीहरूको जीवन स्तर उकास्ने खालका रचनात्मक कार्यहरु गर्नुपर्ने गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका उप प्रमुख बिना रानाले बताउनुभयो । उत्पादनको बजारीकरणका लागि नगरपालिकाले हाटबजार निर्माण गरेको र चिस्यान केन्द्र पनि निर्माणको चरणमा रहेको जानकारी दिदै उपमेयर रानाले यस कृषि सहकारीले कृषिजन्य उत्पादनका क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रम र सहकारी स्थापना एवम उदेश्य माथि प्रकाश पार्दै स्थापना प्रकृयाका तदर्थ समिति संयोजक तथा संस्थाका अध्यक्ष जीवनाथ पाण्डेले सैनामैना पाँचको उत्तर दक्षिण क्षेत्रमा कूषिको बिकास गर्ने विश्वास लिनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष जीवनाथ पाण्डेको अध्यक्षता , सैनामैना नगरपालिका उप प्रमुख बिना रानाको प्रमुख आतिथ्यता , नगरपालिकाका सहकारी शाखा अधिकृत रामकुमार क्षेत्रीको विशिष्ट आतिथ्यता एवम जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, विभिन्न सघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal