ट्रेन्डीङ्ग

स्काउटद्वारा रामापुर माध्यमिक बिद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम

प्रदिप ज्ञवाली,फागुन १३,सैनामैना । स्थानीय स्काउट समिति सैनामैनाले सैनामैना ६ कलाैनिमा रहेको रामापुर माध्यमिक विद्यालयमा इन्टरनेट सचेतता कार्यक्रम गरेको छ ।

रामापुर माध्यमिक विद्यालयका प्राचार्य तथा विद्यालयका स्काउट अध्यक्ष कृष्ण प्रसाद पौडेलको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रशिक्षकहरुले इन्टरनेटको सहि प्रयोग कसरी गर्ने, आफुले इन्टरनेटको प्रयोग गर्दा के कस्ता कुरामा ध्यान दिने र ती कुराहरु परिवार र समाजलाई कसरी सिकाउने भन्ने कुराको जानकारी विद्यार्थीलाई प्रदान गरिएको छ ।

कार्यक्रम नारायण अर्यालको प्रमुख आतिथ्यता तथा प्रशिक्षक रमेश घिमिरे , तारा पुरी र दिपक पुरीको प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो ।

समाजलाई सकारात्मक तवरले अगाडि बढाउनका निम्ति बिद्यार्थीहरुको महत्त्वपूर्ण भुमिका रहने हुँदा उक्त कार्यक्रम बिद्यार्थीको बिचमा लगेको कार्यक्रमका प्रशिक्षक प्रशिक्षक रमेश घिमिरेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal