
प्रकाश बहादुर थापा,फागुन १२, डोटी ।
नेपाल कम्युनिस्ट पार्टी लगायत आठ दलिय मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय डोटी घेराउ कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रशासन घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी निलम ओली”ध्रुव”ले एम.सि.सि.पास गराएर संसदिय दलालहरुले देशलाई प्राराधिन बनाउन खोजेको हुदा सम्पूर्ण जनसमुदाय एकजुट भएर डटेर सामाना गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी चन्द्र थापा,जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य द्वय ममता सुर्खेती र मोहन कठायत,जिल्ला सदस्य शंकर साउँद,युवा संगठन नेपाल जिल्ला अध्यक्ष सुशिल मलासी,अखिल (क्रान्तिकारी) जिल्ला सचिव टेकेन्द्र बोगटी लगायतले सम्बोधन गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लक्ष्मण ताडीले संचालन गरेका थिए भन्ने जानकरी अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष प्रकाश कठायतद्वारा प्राप्त भएको छ ।