ट्रेन्डीङ्ग

युवा संगठन कञ्चनपुरद्वारा संघीय सांसदलाई एमसिसी विरुद्धमा मतदान गर्न आग्रह

गणेश एसके,फागुन ०७,कञ्चनपुर :नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, २ का साँसद नर बहादुर धामी, १ का साँसद विना मगर सहित साँदसहरु निरु देवी पाल र बिना बुढाथोकीलाई सुझाव पठाएको हो ।

साँसद भट्टको घरमा पुगेर संगठनको नेतृत्वले उनको परिवार मार्फत सुझाव पठाएका छन् । त्यसैगरी अन्य साँसद सबै साँसदको मेसेन्जरबाट सुझाव पठाइएको छ ।

विप्लव नेतृत्वको नेकपा एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै खारेजीका लागि सडक आन्दोलनमा उत्रिएको छ । सुझाव पत्रमा साँसदहरुलाई राष्ट्रघाती सम्झौता एमसीसीको विपक्षमा उभिनेमा विश्वस्त रहेको उल्लेख गरिएको छ ।

संगठनले बुझाएको नमुना सुझाव पत्र :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal